प्रमुख समाचार

नेपालमा आज २ हजार ८२४ काेराेना सङ्क्रमित थपिए, ३ हजार ६२० जना डिस्चार्ज

By लोकतन्त्र अनलाईन

November 01, 2020

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । गएकाे २४ घण्टामा १३ हजार २३ जनाकाे नमुना सङ्कलन भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार ६ सय २० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ । अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार तीन सय ८६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।| यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय ६० पुगेको मन्त्रालयले जनाएकाे छ ।