पत्र-पत्रिका

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

By लोकतन्त्र अनलाईन

June 01, 2020

काठमाडौं –  मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ(आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ । फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई र्‍यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा सङ्क्रमण नदेखिएकालाई स्वदेश फर्काउन सुरु गरिने जनाइएको छ । यसै गरी हाल घर फिर्ती केन्द्रमा राखिएका २४ नेपाली तथा दुई हजार ४७६ बङ्गलादेशी नागरिकलाई पनि क्रमशः फर्काइने जनाइएको छ । यसरी घर फिर्ती केन्द्रमा राखिएकामध्ये हालसम्म तीन जना नेपालीलगायत ३५ जनालाई कोभिड १९ सङ्क्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैध रूपमा बसिरहेका व्यक्तिलाई उनीहरूको देश फर्काउने प्रयास गरिरहेको छ । गोरखापत्र दैनिकबाट