प्रमुख समाचार

केपी ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गाैला प्रत्यारोपण

By लोकतन्त्र अनलाईन

March 01, 2020

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्। प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएपछि उनले भोलि अस्पताल भर्ना हुने जानकारी गराएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुनेछ,’ उनले भने, ‘बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।’