अर्थ/बाणिज्य

पर्वतका सफल व्यावसायी गोपि अधिकारी महासंघको केन्द्रीय कमिटिमा मनोनित

By लोकतन्त्र अनलाईन

February 01, 2020

पर्वत– पर्वतका सफल व्यावसायी तथा फर्निचर उद्यमी गोपि अधिकारी नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघको केन्द्रीय कमिटिमा मनोनित हुनुभएको छ । महासंघको हालै सम्पन्न वैठकले उहाँलाई केन्द्रीय समितिमा मनोनित गरेको हो । तत्कालीन एमाले निकट र माओवादी केन्द्र निकट व्यावसायीहरुको संगठन एकीकृत भएर नयाँ कमिटि बनेको हो । अधिकारी यस अघि तत्कालीन माओवादी निकट राष्ट्रिय उद्योग व्यावसायी संघको पनि  केन्द्रीय सदस्य रहनुभएको थियो । यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघको केन्द्रीय कमिटिको वैठक यहि माघ १० गते राजधानीमा बस्ने भएको छ । केन्द्रीय कमिटिमा मनोनित भएसँगै अधिकारीले उद्योगी व्यावसायीहरुको हितमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अधिकारी पर्वत उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने रोटरी क्लव लगायत विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रियता पूर्वक लाग्दै आउनुभएको छ । उहाँले कुश्माबजारमा लामो समयदेखि अधिकारी फर्निचर उद्योग संचालन गर्दै आउनुभएको छ ।