पत्र-पत्रिका

माघ १ मा आउँदै नेपालको रेल

By लोकतन्त्र अनलाईन

January 01, 2020

काठमाडौं : कोंकण रेलवे कर्पोरेसनले माघ १ मा नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउेनछ। जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तरण गरिनेछ। सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले नेपालले माघ १ मा नेपालका लागि भारतबाट नेपालकै रेल आउने जानकारी दिएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। } नेपालले सञ्चालन गर्न लागेको रेलमा एक लोोमोटिभ र पाँच डब्बा हुनेछन्। दुवै रेल धनुषा (कुर्था)–जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुने छ।