प्रमुख समाचार

ओली- मोदी भेटवार्ता, प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

By लोकतन्त्र अनलाईन

May 31, 2019

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्त रवीस कुमारले जनाएका छन् ।दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएका शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली प्रस्थान गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो पटक प्रधानमन्त्री चयन भएको अवसरमा बधाई दिए । साथै मोदीको दोस्रो प्रधानमन्त्री कालमा नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुने ओलीले विश्वास व्यक्त गरे । भेटवार्ताका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । जवाफमा मोदीले  उपयुक्त समयमा छिट्टै नेपाल भ्रमणमा आउने बताएका दूतावासका एक अधिकारीले जानकारी दिए ।