अर्थ/बाणिज्य

सुनको भाउ प्रतिताेला १५ सयले बढेर ६१ हजार पुग्याे

By लोकतन्त्र अनलाईन

May 31, 2019

काठमाडौं : सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ। तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार ५ सय रुपैया रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैया पुगको छ। चाँदीको भाउ आज ५ रुपैयाले बढेर प्रतितोला ७ सय ५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ।