प्रमुख समाचार

एक्कासी जिल्ला प्रहरी कार्यालयमा किन पुगे पर्वतका सिडीओ ढकाल …!

By लोकतन्त्र अनलाईन

January 31, 2019

पर्वत– प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुम, हिरासत कक्ष, थुनुवाको अवस्था, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, प्रहरी विशेष तथा कार्य शाखा तथा महिला तथा वालवालिका सेवा केन्द्र समेतको निरीक्षण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण अवस्थाको वारेमा प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले प्रस्तुतिकरण समेत गर्नुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु समेतलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । सिडीयो ढकालले जिल्लाको शान्ति सुरक्षा र सु व्यवस्थालाई चुस्त दुरुस्त राख्नका लागि सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।