पत्र-पत्रिका

देउसी खेल्न बोलाएर ‘बलात्कार’

By लोकतन्त्र अनलाईन

October 31, 2019

काठमाडौं : गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन्। दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए। समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही क्रममा गत असार पहिलो साता इन्दहाङ राईसाँग चिनजान भयो। दिदीको सँगै पढ्ने साथी भएकोले उनी दाई भनेरै सम्बोधन गर्थिन्। सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो। ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वा गर्नै कठिन भइरहेको छ।’ दिदीले भनिन।  भाइटीकाको अघिल्लो दिन ती किशोरी कोठमा एक्लै थिइन्। राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन्। दिउँसो उनलाई राईले फोन गरे। ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने। उनी जोरपाटीसम्म गाडी चढेर गइन्। राई उनलाई लिन त्यहीँ पुगे। मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन्। त्यस दिन राईका आफन्त अन्तै गएका थिए। राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन्। राईले केहीबेरपछि देउसी सुुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरेको खबर कान्तिपुर दैनिकमा छ। ‘माहौल ठीकठाक नै थियो, ठूलो कुरा त विश्वास नै थियो। तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो,’ पीडित किशोरीले भनिन्, ‘सुरुमा उसले हग गरौं भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्‍यो।’