पत्र-पत्रिका

लोकसेवाले पठाएका स्थायी कर्मचारी स्थानीय तहद्वारा अश्वीकार !

By लोकतन्त्र अनलाईन

October 31, 2019

काठमाडौं : स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने कर्मचारीलाई अश्वीकार गदै करारमा कर्माचारी भर्ना गर्ने खेलमा लागेको पाइएको छ। स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९ हजार बढी कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। लोकसेवाले स्थानीय तहमा कर्मचारी सिफारिकको प्रक्रियाको तयारी गरिरहेकाबेला स्थानीय तहले कर्मचारी सिफारिस नगर्न आग्रह गरेको खबर राजधानी दैनिकमा छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि आयोगमार्फत कर्मारी भर्नाको प्रक्रियामा गएका स्थानीय तहले नै व्यवस्थपन गर्न नसककिने भन्दै कर्मचारी सिफारिस नगर्न आग्रह गरेपछि अन्योलता सिर्जना भएको हो।