अन्तर्राष्ट्रिय

मोदीले भारतको प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि लिए शपथ

By लोकतन्त्र अनलाईन

May 30, 2019

एजेन्सी  – भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन्। भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिएका हुन।  स्थानीय समयअनुसार बिहीबार साँझ ७ बजेर ४ मिनेटमा मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्। प्रधानमन्त्री मोदी र मन्त्रीहरूलाई राष्ट्रपति रामनाथ कोविन्दले शपथ दिलाएका हुन्। अप्रिल २३ मा लोकसभा निर्वाचनको परिणाम आएपछि भारतीय जनता पार्टीले अत्यधिक बहुमतका साथ जित हासिँल गरेको थियो।  मोदीको शपथ ग्रहणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत बिम्स्टेक सदस्य राष्ट्र प्रमुखहरूलाई निम्तो दिइएको थियो।  मोदीसँगै मन्त्रीहरूमा राजनाथ सिंह लगायतका नेताहरूले पनि संघको मन्त्रीको रूपमा शपथ लिएका छन्। त्यसैगरी भाजपा अध्यक्ष अमित शाह, नितिन गडकरी, सदानन गौडा र निर्मला सीतारमण लगायत नेताहरूले पनि मन्त्रीको शपथ लिएका छन्।