प्रमुख समाचार

बजेट जनचाहना विपरीत ल्याइयो : कांग्रेस

By लोकतन्त्र अनलाईन

May 30, 2019

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको उनले बताए । बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । काँग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ ।