पर्वत – पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा अवस्थित माटेदेवल जनसहयोगी प्राविधीक तथा व्यावसायीक माविको २५ कोठे अत्याधुनिक भवनको शिल्यानस भएको छ । सोमबार फलेवास नगरपालिका का मेयर पदमपाणी शर्माले भवनको उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै शर्माले भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । जिल्लामै प्राविधिक धारको एकमात्र विद्यालय भएको हुदा यसलाइ नमुना विद्यालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । भवन निर्माणको काम समयमा सम्पन गर्नको लागि स्थानिय नागररिकले निरन्तर अनुगमन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मुडिकुवा फलेवास नगरपालिका को सुगम स्थल भएको र कुश्मा बजारसंग पनि जोडिएकाले शैक्षिक गुणस्तर वृद्धि संगै बजारीकरण मा समेतट स्थानियले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।सरकारको नमूना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत रु एक करोड ५० लाखको लागतमा भवन निर्माण प्रक्रिया अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले जानकारी दिनुभयो । नमुना विद्यालयका लागि प्रक्रिया अगाडि बढी यसै वर्षदेखि कार्यान्वयनमा आएको विद्यालयले नमूना विद्यालय सिफारिशका लागि आवश्यक प्रक्रिया पूरा गरी छनोटमा परेको हो ।कार्यक्रममा फलेवास नगरपालिका का इन्जिनियर शतिस सुवेदी ले मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रअ रामप्रसाद रिजाल र सञ्चालन सोही विद्यालयका मावि शिक्षक गोपाल प्रसाद भुसालले गर्नुभएको थियो ।