पर्वत रेडक्रसको अधिवेशन, कुश्माका मेयर जोशी र जलजलाका अध्यक्ष मल्ल सम्मानीत - News site from Nepal

पर्वत ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३२ औँ जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । कुश्मा नगरपालिका–७ खरियामा सम्पन्न भएको अधिवेशनमा रेडक्रसलाई सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गदै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले नेपाल विभिन्न किसिमका विपद्को जोखिममा रहेको मुलुक भएको उल्लेख गर्दै विपद् जोखिम न्युनिकरणमा रेडक्रसले गर्दै आएको कामको प्रशंसा गर्नुभयो । उहाँले ०७२ मा गएको विनाशकारी भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापना कार्यमा रेडक्रसकर्मीले देखाएको अग्रसरता अनि बाढीपहिरो, आगलागीजस्ता आपतकाली विपत्ति र द्वन्द्वको समयमा निर्दोष नागरिकको सुरक्षा र मानवाधिकार रक्षाका लागि रेडक्रसले खेल्दै आएको भूमिका सराहनीय रहेको बताउनु भयो ।
कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ जलजला गाउँपालिकामा रेडक्रसले खेलेको भूमिका प्रंशासनीय रहेको बताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका उपप्रमुख सिता काफ्ले लामिछानेले रेडक्रस आफ्नो सिद्धान्त अनुसार अगडी बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका निर्वतमान अध्यक्ष सुन्दरप्रसाद जोशी, रेडक्रस सोसाईटी पर्वत शाखाका संस्थापक एवम् पूर्व केन्द्रिय सदस्य सुन्दरप्रसाद जोशी, विहादी गाउँपालिका–१ बाच्छाका वडाध्याक्ष सेवकनाथ आचार्य, कुश्मा नगरपालिका– ७ का वडा सदस्य पशुराम पुरी, पाङ–खुर्कोट – दुर्लुङ उपशाखाका सभापति हेम शर्मा पौडेल, मल्लाज उपशाखाका सभापति देवेन्द्रवहादुर भण्डारी, ज्ञादी–कटुवाचौपारी उपशाखाका सभापति डण्डपाणी शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापित रद्रवहादुर रिमालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै रेडक्रसले गरेका महत्वपूर्ण सेवामूलक कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो ।  सभापति रिमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य रेडक्रस पर्वतका उपसभापति डाक्टर चुडामणि शर्मा र इन्द्रमान खत्री र कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका मन्त्री गोविन्द पराजुलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!