प्रमुख समाचार

पर्वत ठुलीपोखरीको त्रिभूवन आधारभूत विद्यालयमा एक परिवारद्धारा बाबुको स्मृतिमा अक्षयकोष स्थापना

By लोकतन्त्र अनलाईन

November 30, 2019

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ लम्पाटामा रहेको त्रिभूवन आधारभुत विद्यालयमा अक्षयकोष स्थापना भएको हो । स्थानीय त्रिभूवन सापकोटा र राजुकुमार सापकोटाले आफ्ना स्वर्गिय बाबु नारायणदत्त सापकोटाको बार्षिक पुण्य तिथिको अवसरमा रु ५० हजार रुपैया बराबरको नारायण दत्त सापकोटा स्मृति अक्षकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको रकम शुक्रवार बार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका बीच संरक्षक संरक्षक भगवती सापकोटाले विद्यालयका निमित्त प्रद्यानाध्यापक अशोक केसीलाई हस्तान्तरण गर्नुभएको हो । उक्त अक्षयकोषको व्याज रकमबाट विद्यालयमा कक्षा तीन र कक्षा ८ को बार्षिक परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई छात्रबृत्ति वितरण गरिने स्वर्गिय सापकोटाका छोरा त्रिभूवन सापकोटाले जानकारी दिनुभयो । सोहि अवसरमा स्थानीय शिव शक्ति आमा समुहलाई सामाजिक कार्यका लागि ५० थान भान्छाका लागि प्रयो हुने प्लेट सहयोग गरिएको छ । थोरै भएपनि शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले ५० हजार रुपैयाको अक्षयकोषवाट शुरुवात गरिएको सापकोटा परिवारले जनाएको छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय नारायणदत्त सापकोटाको गत मंसिर २३ गते निधन भएको थियो ।