प्रमुख समाचार

पर्वतको गुप्तेश्वर क्याम्पसका नेविसंघले खुवायो दर, उत्कृष्ट विद्यार्थी पनि सम्मानित

By लोकतन्त्र अनलाईन

August 30, 2019

पर्वत– नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको उत्कृष्ठ विद्यार्थी सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरेको कार्यक्रममा क्याम्पसमा अध्ययनरत१२ जना उत्कृष्ठ विद्याथीलाई सम्मान गरेको हो । उक्त अवसरमा सामूहीक दर समेत ख्वाइएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले अहिले समाजमा चार्डपर्र्वको नाममा विकृती बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै हाम्रा सन्ततीहरुलाई नेपाली मौलिकपन सिकाई राख्न परापुर्वकालदेखी चल्दै आएका रितिरिवाजलाई सरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले टोल समाजामा गठन भएका संघ सस्था, क्लब, आमा समुहहरु लगायतले नेपाली मौलिकता झल्किने खालका कार्यक्रमहरु गरि सस्कृती संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । स्थानीय तह पनि नेपाली कला संस्कृतिको संरक्षणमा जुटेको बताउँदै युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष मिलन सुवेदीले कार्यक्रमप्रति आफू उत्साहित भएको र नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको कामको निकै प्रशंशानिय भएकाले आगामी दिनहरुमा युवा उद्धमसिलताका कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो । नेवि संघले पार्टीको मात्र राजनिति नगर्ने जिकिर गदै कला संस्कृतिको संरक्षण सँगै विद्यार्थीको हकहितमा काम गदै आएको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतकी जिल्ला सदस्य सरस्वती शमाृ ‘जिज्ञासू’, कुश्मा नगरपालिका–४ की वडाअध्यक्ष मिना कर्माचार्य, ५ की वडाअध्यक्ष चित्रकला शर्मा, क्याम्पस प्रमुख सुभाष पन्त, नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल महिला संघ पर्वतकी सचिव मुना शर्मा, नेपाल विद्यार्थी संघका उपाध्याक्ष किशोर सुवेदी , सचिव बरदान पौडेल, नेपाल प्रेश युनियन पर्वतकी अध्यक्ष माया अधिकारी, नेपाल विद्यार्थी संघ हिमालय माविका ईकाई अध्यक्ष विवेक गिरी लगायतले मन्तव्य राख्नुभएको थियो । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशिर शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेवि संघ गुप्तेश्वरका नेता सुजन पुन मगर र कार्यक्रम सञ्चालन सन्तोष पाठकले गर्नुभएको थियो ।