प्रमुख समाचार

पर्वत काँग्रेसद्धारा पार्टी सचिब श्रेष्ठको मृत्युको छानविन गर्न माग

By लोकतन्त्र अनलाईन

July 29, 2019

पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टी सचिव श्रेष्ठको आइतवार काठमाण्डौमा भएको निधनप्रति दुख व्यक्त गरेको छ । पार्टी सभापती खिमप्रसाद भुसालद्धारा सोमवार एक शोक वक्तव्य जारी गदैै दुःख व्यक्त गरिएको हो । पार्र्टीले श्रेष्ठको सुनियोजित तरिकाले हत्या भएको ठहर समेत गरेको छ । साततला बाट खसेका श्रेष्ठ पछारिएको स्थलमा रगत समेत नदेखिएको, शरिरका कुनै अंगमा चोट नलागेको र सिटी सेण्टरको सिसि क्यामेराको कुनै फुटेज समेत नदेखिनुजस्ता कारण उहाँको हत्या भएको पार्टीले दाबी गरेको हो । श्रेष्ठको निधन सुनियोजित भएको भन्दै गम्भिर तरिकाले छानविन गर्न वक्तव्य मार्फत माग गरिएको छ । श्रेष्ठको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिएको छ । ५४ वर्षिय श्रेष्ठको राजधानीको सिटी सेण्टरको भवनको सात तलाबाट खसेर आइतवार दिउँसो घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनालाई विभिन्न क्षेत्रबाट विभिन्न कोणबाट टिप्पणी भैरहेको छ । एकथरिले बालुवाटार जग्गा प्रकरणमा मुछिएकोले हत्या भएको हुन सक्ने आँकलन गरेका छन् भने एक थरीले आत्महत्या भएको भनेका छन् । यद्यपी महानगरीय प्रहरीले भने उक्त घटनाको विस्तृत छानविन भैरहेको जनाएको छ ।