पर्वतका विभिन्न ठाउँमा बृक्षारोपण कार्यक्रम सम्पन्न - News site from Nepal
पर्वतका विभिन्न ठाउँमा बृक्षारोपण कार्यक्रम सम्पन्न

पर्वत–राष्ट्रिय बृक्षारोपण दिवस २०७६ को अवसरमा पर्वतका विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।
तीन वर्षमा तीन करोड बिरुवा रोप्ने सरकारको अभियान अन्तर्गत पर्वतका झण्डै एक दर्जन स्थानमा बृक्षारोपण गरिएको छ । जिल्ला वन कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्वतको परिसरमा बृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले बिरुवा रोपेर मात्रै अभियानको सार्थकता नहुँने बताउँदै यसको नियमित रेखदेख मलजल गर्नुपर्ने बताउनुभयो । उहाँले बिरुवाट आम्दानी लिन सकेमा मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउँदै अन्यथा अभियानको औचित्य नहुने पनि बताउनुभयो । वर्षेनी लाखौको संख्यामा हरेक जिल्लामा बृक्षारोपण गरिन्छ तर तिनीहरुको हुर्काउने, बढाउने तर्फ ध्यान नजाँदा वर्षेनी राज्यको ठुलो रकम खर्च हुने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, प्रहरी नायब उपरिक्षक स्याम अर्याल, जिल्ला बन कार्यालयका कर्मचारीहरु, शसस्त्र, नेपाली सेना लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा क्रिसमस ट्रीको विरुवा रोपेर अभियानको थालनी गरिएको हो ।अमला ७ वटा, तेजपत्ता ८० वटा, धुपी ५ वटा, सल्ला ५ वटा, श्रीखण्ड १ वटा, क्रिसमस ट्री ३ वटा, जापनिज कटुस १० वटा, लिची १० वटा, आँप १० वटा, असोका ५ वटा, लप्सी २० वटा, मसला ट्री ४ वटा गरी जम्मा १६० वटा बिरुवाहरु रोपीएको थियो ।
त्यसैगरी नेकपा जलजला गाउँ कमिटिको आयोजनामा धाईरिङ्गको मिलनचोकमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको अध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । नेकपाले देशभर बृक्षारोपण गर्न सर्कुलर गरेको थियो ।

त्यसैगरी लायन्स क्लव अफ पर्वत चौतारीको आयोजनामा वडागाउँ–कैया पुलको परिसरमा निर्मित प्रतिक्षालय र लायन्स चौतारीमा पनि बृक्षारोपण गरिएको छ । कुश्मा नरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रतिक्षालयको उद्घाटन समेत गर्नुभएको छ । सो अवसरमा लायन्स पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै फलेवास, मोदी, महाशीला लगायतका स्थानमा पनि बृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!