पत्र-पत्रिका

नेकपा पार्टी एकता विवाद– तीन सचिवद्वारा शपथ लिन अस्वीकार

By लोकतन्त्र अनलाईन

April 29, 2019

आज वैशाख १६ गते सोमबार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा एकै चालकले हजार किमि शीर्षकको समाचार प्रकाशन भएको छ ।

समाचारमा जनाइएका अनुसार ट्राफिकलाई घुस दिएर दार्चुलादेखि राजधानीसम्मको करिब एक हजार किलोमिटरको यात्रा एक जना ड्राइभरले गराएको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै सडकले नास्यो ट्रेकिङ रुट शीर्षकको समाचार प्रकाशन भएको छ । जहाँ ट्रेकिङको भर्जिन गन्तव्य क्व्होलासोथरमा मोटर पुग्न लागेको समाचार प्रकाशन भएको छ । क्व्होलासोथरमा पदमार्गको सट्टा मोटर बाटो लैजान जनप्रतिनिधि नै अघि सरेको समाचारमा उल्लेख गरिएको छ ।त्यस्तै कान्तिपुर दैनिकमा नेकपाका तीन सचिवद्वारा शपथ अस्वीकार शीर्षकको समाचार प्रकाशन भएको छ । समाचारमा जनाइए अनुसार पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले शपथ अस्वीकार गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतवार भएको शपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुलाका सचिव रामदत्त जोशी अनुपस्थित भएका हुन् । उनीहरुले आफूहरुको मर्यादाविपरीत पद दिएको भन्दै शपथ नलिएका हुन् ।