प्रमुख समाचार

पर्वतको हुवासका लेखवहादुर रानाको शव लिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना एयरपोर्टमा

By लोकतन्त्र अनलाईन

March 29, 2019

पर्वत । छ महिनादेखी हृदयघातका कारण बेलायतमा मृत्यु भएको पैयु गाउँपालिका–४ हुवास पाट्नेथरका लेखवहादुर रानाको शव विहिवार नेपाल भित्रिएको छ । पर्वत वेलफेयर सोसाईटी यूकेको विशेष सहयोग सँगगैर आवसिय नेपाल संघ युके, तमुधिं लगायतका विभिन्न संघसंस्था र युकेमा रहेका पैञ्युखोले समुदायको पहलमा रानको शव नेपाल भित्रिएको  पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो । मृतक रानाको शव लिन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  पुगेका थिए । मृतक बुवा जयवहादुर रानाको आश्रित भिषामा छ महिना अगाडि बेलायत पुगेका रानाको २२ फेब्रअरीमा हृदयघातबाट निधन भएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहित राजकाजी गुरुङ, नीलकण्ठ तिवारी, उमाकान्त भुर्तेल, महेन्द्र श्रेष्ठ, एकनारायण काफ्ले, केबी राना, मित्र राना, सुन्दर भुसाल, मित्रलाल भुर्तेल, चन्द्र राना, चन्द्र थापा, तोक राना, यूवराज काफ्ले, ज्ञानेन्द्र श्रेष्ठ, घनलाल काफ्ले, दिलप्रसाद गौतम लगायत आफन्त र नातेदारको उपस्थितिमा १ मिनेट श्रद्धान्जली अर्पण गरी उनको शव काठमाडौंबाट पर्वत पठाइएको थियो ।