प्रमुख समाचार

पर्वतका स्थायी शिक्षकहरु पनि संगठित, सरकार बिरुद्ध आन्दोलन गर्ने

By लोकतन्त्र अनलाईन

March 29, 2019

पर्वत–सरकारले बेवास्ता गरेको भन्दै गरेको भन्दै पर्वत जिल्लाका कार्यरत स्थायी शिक्षकहरुले एकजूट भएका छन । देशका अन्य जिल्लाहरुमा पनि स्थायी शिक्षकहरुले एकजुट हुँदै स्थायी शिक्षक हकहित मञ्च गठन गरिरहेको सन्दर्भमा पर्वतका स्थायी शिक्षकहरुको आज भएको भेलाले हकहित मञ्च बनाएको छ । सरकारले आन्दोलनरत बिभिन्न प्रकृतिका शिक्षकहरुका मागबारे केही न केही सुनुवाई गरेको भएपनि २०७२ साल यता स्थायी बेनका शिक्षकहरु भने बिभिन्न तरीकाले मर्कामा परेको भन्दै शिक्षकहरुले भेलाको आयोजना गरेका हुन् । उनीहरुले ७ बर्ष सेवा गरेपछि बढुवा गरिनुपर्ने, शिक्षकहरुलाई पनि निजामति कर्मचारी सरह सेवा सुबिधा दिईनुपर्ने, प्रतिशतका आधारमा श्रेणी बढुवा गरिनुपर्ने र बेजिल्ला भत्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन । अहिले शिक्षा ऐन संसोधनकै क्रममा रहेकोले आप्mना मागहरुलाई ऐनमा नै उल्लेख गर्नुपर्ने पनि शिक्षकहरुले बताएका छन । आजको भेलाबाट बिनय चापागाईँको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद लामिछाने, सचिवमा दिवाकर अधिकारी, सह सचिवमा दिपक लामिछाने, कोषाध्यक्षमा तुलसी थापा, सह कोषाध्यक्षमा लक्ष्मण पौडेल र सदस्यहरुमा बसद्धिमान नेपाली, राम सुवेदी, डिल्लीराम पौडेल, संजय रेग्मी र गिता रिजाल रहनुभएको छ । यस्तै, भेलाबाट गाउँपालिकाका संयोजकहरु पनि तोकिनुभएको छ । जसमा जलजला गाउँपालिकामा डिल्लीराम पौडेल, कुश्मा नगरपालिकामा संजय रेग्मी, मोदी गाउँपालिकामा बुद्धिमान नेपाली, फलेवास नगरपालिकामा दिपक लामिछाने र बिहादी गाउँपालिकामा गणेश जोशी रहनुभएको छ । महाशिला र पैयूँ गाउँपालिका संयोजक भने पछि तोकिने भएको छ । समितिको सल्लाहकारहरुको रुपमा बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा स्थायी शिक्षकहरु रहनुभएको छ । जसमा मेखबहादुर खत्री, कृष्णप्रसाद सापकोटा, लक्ष्मण गौतम र राजु बि.क. रहनुभएको छ । यस्तै, स्थायी शिक्षकहरुको काठमाण्डौ केन्द्रित कार्यक्रममा सहभागी हुनका लागि केन्द्रिय प्रतिनिधिहरुको पनि चयन गरिएको छ । केन्द्रिय प्रतिनिधिमा कार्यसमितिमा रहनुभएका सबै जना पदाधिकारीहरु सहित विवास अधिकारी रहनुभएको मञ्चका अध्यक्ष बिनय चापागाईँले जानकारी दिनुभयो ।