अर्थ/बाणिज्य

आइ.एम.ई लाइफको एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

December 29, 2019

पर्वत- आइ. एम. इ लाइफ इन्स्योरेन्स कं लि. ले गण्डकी प्रदेश स्तरीय एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न गरेको छ। शनिबार कुश्मामा एक कार्यक्रमको अायोजना गरि कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी मेनेजरलाई सम्मान गरेको हो। कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दी, कास्की, स्याङ्जा, दमौली लगाएतका जिल्लावाट प्रतिनिधित्व रहेको थियो। सोही कार्यक्रमका विच कम्पनिले एजेन्सी मेनेजरहरुमा लागि सहायक महाप्रबन्धक, मार्केटिङ प्रमुख तथा मोटिभेसनल ट्रेनर ऋषिभक्त ढकालको सहजीकरणमा मोटिभेस्नल शेसन पनि संचालन गरेको थियो। कार्यक्रम अाई.एम.ई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक तथा गण्डकी प्रदेश प्रमुख सुर्यप्रसाद घिमिरेको अध्यक्षता, धवलागिरी एरिया प्रमुख शिवप्रसाद शर्माको संचालनमा, कम्पनीका कार्यकारी प्रमुख श्रीचन्द्र भट्टको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वेनी नगरपालिकाका उपप्रमुख तथा अाई.एम.ई. लाइफ इन्स्योरेन्स कं लि. का सिनियर एजेन्सी मेनेजर सञ्जु थापा वरुवाल, सिनियर एजेन्सी मेनेजर अधिवक्ता ममता शर्मा, प्रदेशमा नै उत्कृष्ट विमा व्यवसाय गर्ने एजेन्सी मेनेजर सुगम श्रेष्ठ, पोखराका सिनियर एजेन्सी मेनेजर तिलकशालि सापकोटा लगाएतले बोल्नुभएको थियोे।