मुख्य समाचार

महाशीला दुर्घटनाका चार घाईतेको उपचार पोखरा मणिपालमा, अवस्था सुधारोन्मुख

By लोकतन्त्र अनलाईन

June 28, 2019

पर्वत–पर्वतको महाशीलामा केहि दिन अघि भएको जीप दुर्घटनामा परि घाईते भएकाहरुको पोखरामा उपचार भैरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । जिप दुर्घटनामा परि घाइते भएका ४ जना घाइतेहरुको स्वास्थ स्थितीको बारेमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, प्रवक्ता जीवन विक्रम उच्चै बिहीवार मणिपाल अस्पताल पोखरा पुग्नुभएको छ । सो अवसरमा घाईतेहरुको स्वास्थ अबस्था खतरामुक्त रहि सुधार उन्मुख रहेकोे पाईएको प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको छ । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको थियो ।