पर्वत काँग्रेसको गाउँ जागरण अभियान जलजलाको बाँसखर्क र माझफाँटमा सम्पन्न - News site from Nepal

ठाकुर रसाईली
पर्वत
– नेपाली कांग्रेस पर्वतको कार्यकर्ता भेटघाट तथा गाउँ जागरण अभियान अन्तर्गत सनिवार क्षेत्र नम्बर १ जलजला गाउँपालिकाको वडा नम्बर ३ माझफाँट र वाड नम्बर १ बाँसखर्क मा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले नेपाली कांग्रेस एक भएर लाग्नु पर्ने बताउनु भयो । अहिले कांग्रेस सबैजसो तहमा कम्जोर रहेको अबस्थामा पार्टीका नेता हरुमा रहेका तिक्तताहरु भए मेटाएर प्रतिपक्षको सशक्त भुमिका खेल्दै संगठनलाई बलियो बनाएर अंघि बढ्नुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पुर्व पार्टी सभापति नबराक गुरुङले पार्टीको एकताको सन्देश लिएर आफुहरु गाउँगाउँमा पुग्दै पार्टी संगठनलाई बलियो बनाउन लागी परेको बताउनु भयो ।
जागरण अभियानमा नेपाली कांग्रेस पर्वतका पार्टी उपसभापति दुर्गा बहादुर खत्रीले आफुहरुमा कुनै स्वर्थ नरहेको भन्दै भेटघाट र अन्तरक्रियाले कार्यकर्तामा उत्साह र पार्टीलाई मजबुत बनाउने भएकाले आफुहरु जिल्लाका विभिन्न ठाउँमा पुगेको बताउनुभयो ।
अभियानमा महासमिति सदस्य एवं पयुँ गाउँपालिमा प्रमुख खगेन्द्र प्रसाद तिवारी, महासमिति सदस्य वसन्त बहादुर सि.के. पुर्व जिबिस उपसभापति एवं कांग्रेस नेता राम शर्मा लामिछाने, महासमिति सदस्य भवानी शंकर शर्मा, जिल्ला कार्यसमिति सदस्य लेख बहादुर गुरुङ, कांग्रेस नेता उज्वल गुरुङ, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ‘शिव’, तरुण दल जिल्ला सदस्य सन्तोष हमाल लगायत रहनु भएको थियोे ।
जलजला गाउँपालिका ३ माझफाँटमा भएको कार्यक्रममा स्थानीय कांग्रेस नेता चन्द्र बहादुर खत्री, मुरारी शर्मा, लेखनाथ रेग्मी, गुमान सिंह कार्की, सोवियत बरुवाल, शसी शर्मा आचार्य, ओम बहादुर जि.सी. राम बहादुर मल्ल लगायतले आफ्ना धारणा राख्नु भएको थियोे ।
त्यस्तै जलजला १ बाँसखर्कमा भएको कार्यक्रममा स्थानीय कांग्रेस नेता शेर बहादुर खत्री, गोर्ख बहादुर खत्री, बुद्ध बहादुर जि.सी. नर बहादुर खत्री, शिव बहादुर खत्री, जगत बहादुर खत्री, नन्द बहादुर खत्री, ख्याम बहादुर खत्री, याम बहादुर खत्री लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!