पर्वत । पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रसासन कार्यालयले अनुरोध गरेको आज १४ दिन बितेपनि हतियार फिर्ता गर्न कोहि पनि आएका छैनन् ।जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिले सम्म हतियार फिर्ता गर्न कोहि पनि नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । उहाँले अवैध हतियार फिर्ता गर्न ठाउँ ठाउँमा खबर गरेको बताउनुभयो । तिवारीले मातहतका प्रहरी र जनप्रतिनिधी मार्फत सुचना प्रवाह गरिरहेको जानकारी दिनुभयो । जिल्लामा २८५ जनाले हतियार लिने अनुमती लिएको भएपनि नियमित रुपमा हतियारको नविकरण जम्मा ६० जनाले मात्रै गर्दै आएका छन् । २२५ जनाले नियमित हतियारको नविकरण नगरेको जिल्ला प्रसासन कार्यालयको रेकर्डले देखाउँछन् । नेपाल सरकारले ३५ दिनभित्र हतियार फिर्ता गर्न अनुरोध गरिरहेको छ । तोकिएको दिन सम्म हतियार नबुझाए हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार कारवाहि हुने सरकारले जनाएको छ । जिल्ला प्रसासन कार्यालयका अनुसार अधिकाँश संग बाह्र बोर, नलकटुवा र भरुवा बन्दुक रहेको पाइएको छ । विप्लव माओबादीलाई प्रतिबन्ध लगाएपछि सरकारले सर्वसाधारणहरु संग हतियार मागेको हो ।