प्रमुख समाचार

यस्तो आयो कुरा : पोस्टमार्टम नसकिएपछि श्रद्धाञ्जली सभा भोली विहान मात्र

By लोकतन्त्र अनलाईन

February 28, 2019

काठमाडौं : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पोस्टमार्टम नसकिएपछि बिहीबार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको छ। 

अहिले तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान आठ बजेका लागि सरेको हो। नेकपा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार पोस्टमार्टमका लागि समय लाग्ने जानकारी आएपछि श्रद्धाञ्जली कार्यक्रम सरेको हो। 

पोस्टमार्टमका क्रममा दुई शवको पहिचान भएको र अन्य पहिचान हुन नसकेपछि शुक्रबार बिहान ८ बजेसम्मका लागि श्रञ्द्धाञ्जली कार्यक्रम स्थगीत भएको हो। 

सरकारले बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा तयारी पूरा गरेको थियो। 

श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता पुग्ने तयारी थियो भने  आम सर्वसाधारणको भिड टुँडिखेलमा बढेको थियो।