प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, भने- सहनुको विकल्प छैन - News site from Nepal

काठमाण्डौ – नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।
नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएको भेटमा सहभागी अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।
प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!