प्रमुख समाचार

कुश्मामा सञ्चालित महायज्ञको आज अन्तिम दिन, आज मन फुकाएर दान गरौ

By लोकतन्त्र अनलाईन

January 28, 2019

पर्वत–राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ४५ लाख रुपैयाँ संकलन भएको छ । यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको हो । शुक्रबारसम्म १० लाख संकलन भएकोमा हिजो एकै दिनमा मात्रै १० लाख र गोप्यदानबाट १० लाख गरी ३० लाख संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाकारी दिएको छ । यसैगरी, आज मात्र झण्डै १५ लाख रुपैयाँ संकलन भएको छ । धार्मिक भवन तथा आश्रमको रुपमा निर्माणधिन अवस्थामा रहेको भवनको लागि खर्च जुटाउनको लागि महायज्ञ लगाइएको हो । महायज्ञबाट झण्डै एक करोड १५ लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन गरिरहनुभएको छ । कार्यक्रमममा विहान बेलुका नित्य पूजा अर्चना, भजन संकृतन भइरहेको छ । महायज्ञमा सहयोग गर्ने दाताहरुलाई विभिन्न सम्मान गरिनेछ । २१०० सम्म दान गर्नेको नाम व्यानरमा उल्लेख गरिनेछ । ५ हजार दिनेहरुलाई प्रमाणपत्र सहित रामनामी ओढाई सम्मान गरिनुका साथै व्यानरमा नाम लेखिनेछ । त्यस्तै १० हजार दिनेहरुलाई मंचबाट नाम घोषणा गरी रामनमी र प्रमाणपत्रले सम्मान गरी भित्ते लेखनमा नाम लेखिनेछ । २० हजार दिनेहरुलाई विशेष कदरपत्र र दोसल्लाले सम्मान गरिनेछ । ५० हजार दिनेहरुलाई विशिष्ट अतिथि बनाउने र विशेष कदरपत्र दोसल्लाले सम्मान गरिनेछ । १ लाख सहयोग गर्ने दानविरलाई यज्ञ अवधीभर सभानायकको आशन गराउने र विशेष सम्मान गर्ने, एक लाख भन्दा बढी दिनेहरुलाई विशेष सभा नायक बनाउने र विशेष सम्मान दिइनेछ ।