प्रमुख समाचार

पर्वत प्रहरीले यसरी फाड्यो अर्मादीको गाँजा

By लोकतन्त्र अनलाईन

August 28, 2019

पर्वत–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादीमा गाँजा फडानी गरिएको छ । अर्मादीमा प्राकृतिक रुपमा उम्रिएका लागु औषधजन्य अन्दाजी ४ सय गाँजाका वोटहरु नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी नायव निरीक्षक होमबहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तिला गिरी, सेवा केन्द्र कुश्माका ईन्चार्ज प्रहरी नायव निरीक्षक पुर्णिमा थापा समेतको प्रहरी टोली तथा कुश्मा नगरपालिका वडा नं. २ का वडा सदस्य सहितको टोलीले गाँजाका बोट नष्ट गरेको हो । गाँजाको सेवनबाट समाजमा अपराधिक क्रियाकलाप बढ्नुका साथै मानविय स्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएपनि नष्ट गरिएको प्रहरीले जनाएको छ ।