प्रमुख समाचार

पर्वतको नाङलीवाङमा नेकपाको पुर्ण वैठक तथा सपथ ग्रहण

By लोकतन्त्र अनलाईन

August 28, 2019

पर्वत– नेकपा पर्वत यतिवेला संगठन सुदृढिकरणमा सक्रिय बनेको छ । जिल्लाका ६१ वटै वडामा विस्तार भएका कमिटिहरुको पुर्ण वैठक गर्ने, पार्टीका नीति तथा कार्यक्रमहरुको जानकारी गराउने र सपथ ग्रहण गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको हो । यसैबीच मंगलवार पर्वतकोे जलजला गाउपालिका वार्ड नं. ०८ नाङ्लिवाङमा वडा कमिटिको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले पार्टी र संगठनको काममा सक्रिय भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । वर्तमान सरकारलाई विपक्षीहरुले चौतर्फि रुपमा आक्रमण गर्ने प्रयास गरिरहेको बताउँदै सरकारका काम र विकासका प्रगतिहरुलाई जनस्तर सम्म पु¥याउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा पर्वतका सचिब तथा प्रदेश कमिटि सदस्य सुदिप कूँवर, नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, जिल्ला नेता भक्त कुँवर, गोविन्द पहाडी, लालबहादुर अधिकारी, नेकपा जलजलाका अध्यक्ष दिपक आचार्य आकश लगायतले बोल्नुभएको थियो ।