Gandaki Medical College. Photo: GMC

पत्र-पत्रिका

सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज

By लोकतन्त्र अनलाईन

February 27, 2019

काठमाडौं–पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले अबैध रुपमा एउटै विद्यार्थीसँग लाखौ रुपैयाँ लिएको प्रमाण भेटिएको छ ।भारत र पाकिस्तान तनाव तीव्र शीर्षकको समाचारमा पाकिस्तानी शिविरमा हवाई आक्रमण गरी ३ सय विद्रोही मारेको भारतीय पक्षको दाबी छ । भारतको मनगढन्ते भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसको पाकिस्तानले उचित समयमा जवाफ दिने बताएका छन् ।त्यस्तै अमेरिकाले आफ्नो देशको लगानी नीतिबारे गलत प्रचार गरेको भन्दै चीनले आपत्ति जनाएको, नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको खबर मुख्य रुपमा छापिएका छन् ।