प्रमुख समाचार

मनकारी आर्थरडाँडाखर्के गुरुङहरु, निजी लगानीमा बिद्यालयमा खुल्ला मञ्च

By लोकतन्त्र अनलाईन

January 27, 2019

पर्वत /पर्वतको कुस्मा नगरपालिका वडा नं १४ डाडाँखर्क गाउँको एक परिवारले निजी लगानीमा स्थानिय बिद्यालयमा खुल्ला मञ्च निर्माण गर्ने भएका छन ।कुस्मा नगरपालिका वडा नं १४ डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयमा स्व. मेजर धनबहादुर गुरुङ्ग र स्व. नरबहादुर गुरुङ्गको परिवारले निजी लगानीमा मञ्च निर्माण गर्न लागेको हो । बिद्यालयमा बन्ने मञ्चको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शिलन्यास गरे ।स्वर्गिय मेजर धनबहादुर गुरुङ्ग र नरबहादुर गुरुङ्गको स्मृतिमा परिवारका सदस्यहरुले बिद्यालयमा मञ्च निर्माण गर्न लागेका हुन । दुवै परिवारका सदस्यहरुले मञ्च निर्माणका लागि झण्डै १२ लाख रुपैंया खर्च गर्ने नाति शेरबहादुर गुरुङ्गले जानकारी दिए । ‘दिवंगत पितृहरुको स्मृति सधैं ताजा होस भनेर उहाँहरुको सन्तानले मञ्च बनाउने निर्णय गरेका हौ’ उनले भने ।लिटिल स्टेप फाउन्डेसनका अध्यक्ष समेत रहेका शेरबहादुर गुरुङ्ग र पञ्चकोशी समाजका अध्यक्ष क्याप्टेन लाजकाजी गुरुङ्गको सक्रियतामा बिद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरिएको थियो भने शेरबहादुर गुरुङ्गको पहलमा रोटरी क्लब अफ पोखराबाट ७ लाख बराबरका फर्निचर, कम्युटर लगायतका सामाग्री समेत यस अघि सहोग गरिएको थियो । परिवारको तर्फबाट स्थापित अक्षयकोषमा अझै रकम बृद्धि गर्दै लैजाने लक्ष्य रहेको गुरुङ्गले बताए ।