प्रमुख समाचार

नगरप्रमुख जोशीद्धारा बडागाउँ खेल मैदानको काम अवलोकन

By लोकतन्त्र अनलाईन

December 27, 2019

पर्वत : पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बडागाउँमा रहेको खेल मैदान समथर बनाउने तथा चक्लाउने कामको निरीक्षण गर्नुभएको छ । पर्वत उद्योग बाणिज्य संघको विशेष पहलमा कुस्मा नगरपालिकाले मैदानलाई सम्याउने तथा तथा गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले जालि भर्ने तथा पर्खाल लगाउने काम गरिरहेको खेल मैदानको काममा भइरहेको प्रगतिको अवस्थाको बारेमा उहाँले स्थलगत रुपमा अवलोकन गर्नुभएको हो । यसअगाडि बिभिन्न खेल प्रतियोागिता था मेला महोत्सवहरु आयोजना हुँदै आएको बडागाउँको खेल मैदानमा आगामी माघ ९ गतेबाट पर्वत उद्योग बाणिज्य संघले अयोजना गर्ने पर्वत महोत्सव पनि सोही स्थानमा संचालन गर्न लागिएको छ । महोत्सवमा स्टलहरु निर्माण गर्न तथा दर्शकहरुलाई महोत्सव अवलोकनको लागि ठाउँ साँघुरो हुन सक्ने भएकोले अहिले धमाधम मैदान तयार पार्ने काम भइरहेको छ । कुस्मा नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार नगरपालिकाले बजेटको ब्यवस्थापनको लागि बिभिन्न कामहरु गरिरहेको छ भने गण्डकी प्रदेशमा मैदानलाई तयार पार्नको लागि बिस्तृत स्टीमेट तयार पार्ने काम भइरहेको छ ।