पत्र-पत्रिका

प्रधानमन्त्री ओलीको पेटको फराकिलो क्षेत्रमा संक्रमण

By लोकतन्त्र अनलाईन

November 27, 2019

काठमाडौं : प्रारम्भिक परीक्षणमा प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो। रगत र पिसाब जाँच तथा एक्से र भिडियो एक्सरे परीक्षणपछि डाक्रटहरु निष्कर्षमा पुगे–प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन्, पेरिटोनाइटिस भएको हो। ‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस भनिन्छ, तर एपेन्डिक्स मात्र होइन, त्यो वरिपरीको भाग र आन्द्रामासमेत सक्रमण फैलिएमा पेरिटोनाइटिस भनिन्छ। यो भनेको निश्चित अंग मात्र नभएर पेटको फराकिलो क्षेत्रमा संक्रमण फैलिएको हो,’ उपचारमा संलग्न एक डाक्टरले भने। परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरिएको छ। एपेन्डिक्स काटेर फालिएको छ, त्यस वरिपरीको क्षेत्र वास अर्थात् सफा गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। अप्रेसनलगत्तै ओली होसमा आएका थिए। तर, राति उनलाई भेन्टिलेटरमा राखियो। मुखमा माक्स भएकाले उनले इसाराले मात्र कुरा गरेका छन्। एन्टिबायोटिकले अप्रेसनको घाउ सन्चो गर्ने र पेटमा फैलिएको संक्रमण नियन्त्रण गर्ने अपेक्षा छ। संक्रमण नियन्त्रण यो कि भएन भन्ने यकिन गर्न थप स्वास्थ्य परीक्षण हुनेछ।