प्रमुख समाचार

सिनाले छानो छियाछिया बनाएपछि पालमुनीको बास-स्थलगत अनुगमनमा जनप्रतिनिधी,पिडीतलाई त्रिपाल रहात

By लोकतन्त्र अनलाईन

May 26, 2019

पर्वत / पर्वत जिल्लामा ७५ बर्षपछि परेको भिषण असिना पानीले बालीनालीमा मात्रै होइन सर्वसाधरणका घरका छाना समेत छियाछिया बनाएपछि जनप्रतिनिधी त्रिपाल बोकेर पिडीतका घरमा पुगेका छन । असिनाले करोडौको बालीनाली र घरमा टिनको छानो छेडेपछि पालमुनी रात बिताउन परेका बेला असिना पिडितहरुको स्थलगत अनुगमनका लागि प्रतिनिधीसभाका सदस्य पदम गिरी र कुस्मा ११ का वडा अध्यक्ष शिब पौडेल घरघरमै पुग्नुभएको हो ।

असिनाले दर्जनौ घरमा क्षति पु¥याएपछि चुहिने छानोमा रात काटेका पिडीतलाई तत्कालका लागि छानो बनाउन पाल बितरण गर्दै कुस्मा ११ का वडा अध्यक्ष शिब पौडेल

भीषण असिनापानीले पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ पकुबा, वडा नं १४ आर्थर र मोदी गाउँपालिका ७ राम्जा तथा वडा नं ८ चित्रे, वडा नं ५ बाजुङ्ग, वडा नं २ देउपुरमा किसानहरुले लगाएको नगदेबाली तथा मौषम अनुसारको तरकारी खेती नष्ट गरेको छ भने पकुवा, आर्थर, राम्जा, बाजुङ्गमा सर्वसाधरणका घर र बिद्यालयहरुमा समेत क्षति पु¥याएको छ । असिनाले कुस्मा र मोदीगाउँपालिकाका बिभिन्न वडामा पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्दै प्रतिनिधीसभाका साँसद पदम गिरीले दैबीप्रकोपबाट बालीनाली र घर संचरनामा भएको क्षतिले मर्माहत बनाएको बताउनुभयो । उहाँले, पकुवा, राम्जा, चित्रे, बाजुङ्गमा पुगेर पिडीत कृषकलाई भेटेर राहतका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो । असिनाकै कारण धेरै घरमा क्षति पुगेपछि कुस्मा नगरपालिका वडा नं ११ का अध्यक्ष शिब पौडेल पाल बोकेर पिडीत बस्तीमा पुग्नुभयो । लामागे र पाथ्राबारी, छापामा गरेर १ सय २० भन्दा बढी घरमा क्षति पुगेको र पहिलो चरणमा ६० घरमा पाल बितरण गरेर तत्कालका लागि राहत दिने काम भएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिको सहयोगमा अध्यक्ष पौडेलले राहत बितरण गर्नुभएको थियो ।

असिनाले छानो छियाछिया बनाएपछि त्रिपालले ढाकेको कुस्मा ११ पकुवाको एक घर

असिनाले मकै, ताजा तरकारी, आलु, फलफुल खेतीमा सबैभन्दा बढी क्षति पु¥याएको छ । कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा सबैभन्दा बढी मकैखेतीमा क्षति पुगेको छ । खेतबारीमा उत्पादन दिने अवस्थामा पुगेको मकै र रोप्न लागेको कोदोको बीउ नष्ट गरेको छ भने पकुवा, आर्थर, राम्जामा लाखौ लगानीमा तयार भएका मोडेल फर्मका तरकारी तथा प्लाष्टिक ग्रिन हाउसहरु नष्ट भएका छन । कतिपय कृषकहरुले कृषि फर्मको बिमा गरेका कारण थोरै भएपनि राहत पाउने आशमा छन भने बिमा नगरेका पिडीतहरु लगानी डुब्ने त्रासमा छन ।