प्रमुख समाचार

मौकाको फाईदा लिनुहोस्, पर्वतको सिल्मीमा निशुल्क स्वासथ्य शिविर हुँदै

By लोकतन्त्र अनलाईन

March 26, 2019

पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पर्वत–पोखरा सिल्मी समिति समाजको आयोजनामा बैशाख १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।बृहत निशुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिकएसिड, सुगर रोग, मुटुको समस्या, इसिजी सेवा,नाक कान घाटी सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्रीसम्बन्धी महिनामारी अनियमित हुने लगायतका रोगहरुको चेक जाँचका लागी बिशेषज्ञ डक्टरहरुको व्यवस्था मिलाइएको मिनवहादुर बस्यालले जानकारी दिनुभयो ।बिभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवारहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको बस्यालले बताउनु भयो । साथै उहाँले निशुल्क स्वस्थ्य शिविर राखिएको हुँदा मौकाको फाईदा लिनपनि आग्रह गर्नुभयो ।