प्रमुख समाचार

पर्वतका उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित

By लोकतन्त्र अनलाईन

January 26, 2019

पर्वत- पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । शुक्रवार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् । गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार वर्षा र शुक्रवार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।