प्रमुख समाचार

काठमाडौं मेडिकल कलेजमा चम्ल्याहा शिशुको जन्म

By लोकतन्त्र अनलाईन

September 26, 2019

काठमाडौं : धनगढीकी खगित्रा शाहीले  चम्ल्याहा (चार शिशु)लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन।  आठ महिनाको गर्भलाई उनी लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो। हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश : १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ। सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए।   चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ। खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताइन। ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ।