प्रमुख समाचार

पर्वतको ठुलीपोखरीमा बुडिखोला–तिजुखोला सिंचाई आयोजनाको निर्माणकार्य शुरु, मन्त्री लम्सालद्धारा सिलन्यास

By लोकतन्त्र अनलाईन

May 25, 2019

पर्वत–पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा नयाँ सिंचाई आयोजना शुरु भएको छ । साबिक ठूलीपोखरीको २ बुमी स्थित टारमा रहेको खेतवारीमा सिंचाई सुविधा उपलव्ध गराउने उद्धेश्यले बुढीखोला–तिजुखोला सिंचाइ आयोजना शुरु भएको हो । पानीको अभावमा उर्वर भूमि भएपनि स्थानीयले हिउँदमा बाँझै राख्नुपर्ने अवस्था रहेको थियो । गण्डकी प्रदेश भौतीक पूर्वाधार मन्त्रालयकाबाट चालु आर्थिक वर्षबाटै काम शुरु गर्नेगरी बजेट बिनीयोजन भएपछि निर्माण कार्य थालिएको हो । गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा रु.१ करोड ६४ लाख ७५ हजार रुपैयाको लागतमा निर्माण गर्न थालिएको आयोजनाको जिम्मा पर्वतमाला कन्ट्रक्सन प्रालिले पाएको छ । एक वर्ष भित्र सम्पन्न हुने उक्त सिंचाई आयोजनाबाट साविक ठुलीपेखरी गाविस वडा नं. २ का झण्डै एक सय घरपरिवार लाभान्वित हुने छन् भने ६ सय हेक्टर क्षेत्रफल सिंचित हुने छ ।

यसैबीच उक्त आयोजनाका गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले शुक्रवार शिलन्यास गर्नुभएको छ । आयोजनाको शिलन्यास गर्दै मन्त्री लम्सालले समयमै सम्पन्न गर्न र निर्माण कार्यमा सवैले सघाउ पु¥याउन आग्रह गर्नुभयो । मन्त्री लम्सालले अब कुनैपनि ठाउँ विकासबाट पछाडि नपर्ने बताउनुभयो । लामो संघर्षपछि मुलुकमा राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै अब विकास निर्माणमा प्रतिस्पर्धा गरी समृद्ध मुलुक निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अब गण्डकी प्रदेशका नागरिकहरु कुनैपनि अवसरबाट बञ्चित हुन नपर्ने गरी सरकारले निति तथा कार्यक्रम अघि सारेको पनि बताउनुभयो । मन्त्री लम्सालले सिंचाईको आयोजना निर्माण सम्पन्न भएपछि स्थानीयवासीहरुको आयआर्जनमा सुधार आउने बताउनुभयो । उहाँले पानीको भरपुर उपयोग गरी व्यावसायिक कृषक बन्न आग्रह गर्दै जुनसुकै व्यावसायमा लाग्ने युवाहरुलाई राज्यले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले पाँच वर्ष भित्र सवै स्थानीय तहहरुलाई कृषि, उर्जा, उद्योग, पर्यटन लगायतबाट आत्मनिर्भर बनाउन लागि परेको बताउनुभयो । अर्को प्रसंगमा मन्त्री लम्सालले पर्वतल जिल्लाले अहिले संघ र प्रदेशवाट पनि ऐतिहासिक अवसर प्राप्त गरेको बताउँदै यो अवसरलाई उपयोग गरी पाँच वर्ष भित्रमा पर्वतलाई विकसित जिल्लाको रुपमा परिचित गराईने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालयका प्रमुख विदुरमान श्रेष्ठले समयमै काम सम्पन्न गर्ने ठेकेदारले बोनस र नसक्ने ठेकेदारले जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा नेकपाका नेता शंकर गिरी, नेपाली काँग्रेसका नेता हेमराज सापकोटाले पनि बोल्नुभएको थियो । सिंचाई उपभोक्ता समितिका अध्यक्ष बेदप्रसाद सुवेदीको अध्यक्षतामा स्म्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जनार्दन सापकोटा र संचालन ढाकाराम गौतमले गर्नुभएको थियो ।