प्रमुख समाचार

निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश कुमार थपलिया सिफारिस

By लोकतन्त्र अनलाईन

March 25, 2019

काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद्को वैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

निर्वाचन आयोगको प्रमुख आयुक्त रहेका अयोधीप्रसाद यावदले आइतवार मात्रै अवकास पाएका थिए ।