File photo

प्रमुख समाचार

पर्वतका यी २४ जना परिक्षार्थी किन भए परिक्षामा अनुपस्थित

By लोकतन्त्र अनलाईन

March 25, 2019

पर्वत–ः हिजोदेखि संचालनमा आएको एसइइ परिक्षाको पहिलो दिन पर्वतमा २४ जना परिक्षार्थी अनुपस्थित भएका छन् । जिल्लाका ११ वटा परिक्षा केन्द्रबाट २४ जना विद्यार्थी अनपुस्थित भएका हुन् । जस मध्ये ९ जना छात्र र १५ जना छात्रा अनुपस्थित भएका हुन् । कुश्मा नगरपालिकाका दुई वटा विद्यालयवाट मात्रै सात जना अनुपस्थित भएका हुन् । कुश्माको नारायण माविबाट ३ छात्र र २ छात्र गरी पाँच जना, हिमालय मावि कुश्मा–२ बाट २ जना, निर्मल जनसेवा मावि त्रिवेणीमा १ जना अनुपस्थित भएका हुन् । त्यसैगरी शालिग्राम मावि विहादीका २ जना, भवानी विद्यार्थी मावि खानीगाउँका १ जना, महन्द्रज्योती मावि लंखुदेउरालीमा २ जना, जनसेवा संस्कृत मावि हुवासमा ३ जना अनुपस्थित भएका हुन् । त्यसैगरी अन्नपुर्ण मावि कार्किनेटामा २ जना, सरस्वती मावि बाजुङबाट ३ जना अनुपस्थित रहेको जिल्ला शिक्षा तथा समन्वय ईकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । जिल्लाका १९ वटै परिक्षा केन्द्रमा संचालित शान्तिपुर्ण रुपमा संचालन भएको छ । पर्वतमा यस वर्ष २ हजार ८ सय ७५ जनाले एसइइ दिनका लागि फारम भरेका थिए । जस मध्ये १ हजार ४ सय ८ छात्र र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको थियो । यी मध्ये १८ जनाले विभिन्न कारणले परिक्षा दिनवाट बञ्चित बनेका थिए भने २४ जना अनुपस्थित भएको र २ हजार ८ सय ३३ जनाले अंग्रेजी विषयको परिक्षामा सहभागि भएको पौडेलले जानकारी दिनुभयो । प्रत्येक स्थानीय तहले आ–आफ्नो तहभित्रका परिक्षा केन्द्रहरुमा आफै अनुगमन संयन्त्र बनाएर प्रभावकारी रुपमा अनुगमन गरेको र परिक्षा विगतका वर्षहरुमा भन्दा बढि मर्यादित र चिट चोर्ने प्रबृत्ति निकै न्यून रहेको पाइएको छ ।