प्रमुख समाचार

पर्वतको आर्थरडाँडाखर्कमा पुगेर लायन्स क्लब शिबालयको बृक्षारोपण कार्यक्रम

By लोकतन्त्र अनलाईन

August 25, 2019

पर्वत–लायन्स क्लब अफ शिबालय कुस्माको आयोजनामा कुस्मा नगरपालिका वडा नं १४ आर्थर स्थित पञ्चकोशी माबिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबको हरियाली प्रर्बद्धन अभियान अन्र्तगत पञ्चकोशी माबिको परिसरमा धुपीका बिरुवा रोपिएको हो । बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बृक्षारोपण कार्यको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष शर्माले पञ्चकोशी माबिलाई बगैंचा बिद्यालयको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताउँदै बिद्यालयको बाहिरी वातावरणले बिद्यार्थीलाई लोभ्याउने अपेक्षा गर्नुभयो । लायन्स क्लबहरुले पञ्चकोशी माबिलाई गर्दै आएको सहयोग प्रति पनि आभार ब्यक्त गर्नुभयो । लायन्स क्लब इन्टरनेशन डिस्ट्रक्ट ३२५ बि १ डिर्पाटमेन्ट अफिसर कमलनाथ शर्माले लायन्स क्लबले सामाजिक, शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउँदै सबैको सहयोग र सद्भाबबाट अझै धेरै काम गर्न सकिन्छ भन्नुभयो । लायन्स क्लब अफ शिबालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माले आफुले आधारभुत शिक्षा प्राप्त गरेको बिद्यालयको वातावरण सुधार गर्नका लागि सानो प्रयास गरेको बताउँदै हरेक सफलताका लागि ससाना सहयोग र सहकार्यबाट धेरै ठुला उपलब्धी हासिल गर्न सकिन्छ भन्नुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रकास सापकोटा, लायन्स क्लब अफ शिबालयका सचिब मिनराज शर्माले पनि बोल्नुभएको थियो । समाप्त