प्रमुख समाचार

पर्वतको कुस्मा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत, कुश्मा अब स्याटेलाईट सिटी बन्दै

By लोकतन्त्र अनलाईन

June 24, 2019

पर्वत–पर्वतको कुस्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६÷०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रामचान्द्र जोशीले कुस्मालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने लक्ष्य राखिएको बताए । गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकामा अत्याधिक चाप बढ्न थालेपछि महानगर वरपरका पर्वतको कुस्मा र फलेबास, स्याजाबजार, तनहुँको शुक्लागण्डकी र लमजुङ्गको मध्य नेपाल नगरपालिकालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्न बजेट बिनियोजन गरेको छ । पोखरामा रहेका शैक्षिक, भौतिक र अन्य सुबिधाहरुलाई क्रमशः स्याटेलाईट सिटीहरुमा बिस्तार गर्ने लक्ष्य अनुसार कुस्मा नगरपालिकाले पनि यसलाई अघि बढाउन थालेको प्रमुख जोशीले बताए । कुस्मालाई अग्ला पुलको शहर र सहासिक पर्यटनको गन्तब्यको रुपमा बिकास गर्ने लक्ष्य समेत निति तथा कार्यक्रमले लिएको छ । यसका लागि पर्यटकीय पुर्बाधारको निर्माण तथा प्रचारप्रसारको कामलाई अघि बढाउने कार्यक्रममा उल्लेख छ । यसैगरि कुस्मा नगरपालिकाले संघ र प्रदेशको साझेदारीमा ब्यबस्थित शहर बनाउने सडकहरुको गुरुयोजना बनाउने र एकिकृत पुर्वाधार बिकास गुरुयोजना लाई अगाडी बढाउने भएको छ । कुस्मा बजारमा सबै किसिमका भवन निर्माण गर्दा अनिवार्य स्विकृती लिनु पर्ने कुरामा कडाई गर्ने भएको छ । नगरपालिकाभित्र स्विकृती नलिई भवन बनाउने काम तीब्र रुपमा भैरहेको छ भने पुराना भवनहरुको अभिलेखीकरण समेत हुन सकिरहेको छैन । निति तथा कार्यक्रममा कुस्मा नगरपालिकालाई खुल्ला प्लाष्टिक र सिसा मुक्त बनाइने उल्लेख छ । अहिले सम्म कुस्मालाई स्वच्छ, सफा र हराभरा नगरपालिकाको रुपमा बिकास गर्न आधुनिक प्रबिधीयुक्त फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने उल्लेख छ । पिपलटारीमा बर्थिङ्गसेन्टर सञ्चालन गर्ने र नगरपालिका भित्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकीको स्तरउन्नती गरिने भएको छ । कुस्मा नगरपालिकाले आगामी आर्थिक बर्षमा २ वटा बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गरि प्रोजेक्टरबाट पढाउने ब्यबस्था मिलाउने भएको छ भने न्युन बिद्यार्थी भएका बिद्यालयलाई एकिकरण र समायोजन गर्ने भएको छ । नगरपालिकाले एक वडा एक नमुना कृषि फार्म बनाउने, आगामी दुई बर्षभित्र कुस्मार्ला दुग्धजन्य पर्दा, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना पनि ल्याइएको छ ।प्रत्येक वडामा एकएक वटा पकेट क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य समेत निति तथा कार्यक्रमले लिएको छ ।