प्रमुख समाचार

पर्वतमा पनि मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ अभियान शुरु

By लोकतन्त्र अनलाईन

May 24, 2019

पर्वत–नसर्ने रोगले विश्वमा धेरैको ज्यान लिन थालेपछि गण्डकी प्रदेशले सचेत रहन अभियान थालेको छ । मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ भन्ने मुल नाराका साथ गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय तथा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आज अन्र्त्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदीले स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन सबै सचेत नागरिकको भुमिका रहेकाले यो क्षेत्रमा सबैले सहयोग गर्न जरुरी रहेको बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतकी प्रमुख सजिना महर्जनले ६० प्रतिशत नसर्ने रोगका कारण मानिसको ज्यान जाने गरेको र यसको निराकरणको लागि सबैको सक्रियता आवश्यक रहेको जानाकारी गराउनुभयो । उहाँले मुटुरोग, क्यान्सर र मृगौला जस्ता रोगहरु निवारणका लागि स्वास्थ्यकर खानपानमा जोडदिनुपर्ने बताएकी थिईन् । जिल्ला स्वास्थ्य कार्यालयमा गतवर्ष नर्सने रोग मुटुरोग, म्यान्सर र मृगौला सम्वन्धि १५९जना विरामीको राहतको लागि सिफारिस गरिएको पनि उहाँको भनाई छ । सो अवसरमा पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जिल्ला अस्पतालनका सुधार तथा सुधार गर्नूपर्ने र आईपरेका समस्याका बारेमा जानाकारी गराएका थिए । पहाडीले जिल्ला अस्पताल १५ बाट ५० सैयामा लैजान थालिएको, पोषण पुनस्थापना केन्द्र, आखाँ तथा दन्तसेवा, एक्सरे सेवा, थाईराईड परिक्षण सेवा, एपेन्डिक्स, हाईड्रोसिल, भ्यासेक्टोमी, फिमोसिस, जटिल सुत्केरी लगायतका सेवाहरु प्रदान गरिएको बताए । अध्यक्ष पहाडीले पानी र बिजुलीको रकम बक्यौता रहेकाले समस्या भएको बताएका थिए भने, सुधारका योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पर्वत जिल्ला स्वास्थ्य कार्यालयकी निमित्त मेडिकल सुपरीडेन्डेण्ड डाक्टर सन्तोषी थपलियाले सेवाप्रदानको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल संचारकर्मीहरुको उपस्थिती रहेको थियो । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको थियो कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका तेज सुवेदीले गरेका थिए ।