फलेवासको बगुवा—सिसाठाटीँ—फेदी सडकको ट्राक वपन गर्ने कार्य शुरु

By लोकतन्त्र अनलाईन

April 24, 2019

पोखरा पर्वतको फलेवास नगरपालिको बगुवा—लामिछाने थर देखि सिसाठाटीँ—फेदी सडक खण्डको ट्राक वपन गर्ने कार्य शुरु गरिएको छ । १० लाखको लागतमा सडक खण्डको काम थालिएको हो । उक्त सडक खण्डको लागि फलेवास नगरपालिकाले १० लाख रकम बिनियोजन गरेको थियो ।

भौगिलरुपमा निकै विकट मानिने उक्त स्थानमा सडक पु¥याउन थालेपछि स्थानिय वासीमा खुसीयाली छाएको छ । गाउँमा सडक नपुग्दा घण्टौँ हिड्नुपर्ने र घरयासी दैनिकीको लागि आवश्यक पर्ने सामाग्रीहरु तथा खाद्यन्नहरु घरमा पु¥याउन निकै समस्या झेल्दै आएका स्थानियवासीहरुले उक्त समस्या बाट अब भने मुक्ति पाउने भएका छन् ।

उक्त सडक खण्डको फलेवास नगरपालिकाका मेयर पदम पाणी शर्माले बुधवार शिलान्यास गरे । सोही क्रममा उनले पञ्चायतकाल देखि पछि पर्दै आएको सदरमुकाम बाट नजिकै रहेपनि निकै विकट गाउँको रुपमा चिनिने गरेको यस ठाउँमा सडक पुगेपछि स्थानियवासीको दैनिकीमा आमुल परिर्वतन आउने दाबी गरे । गाउँका कृषि उपज बजारीकरण गर्न तथा जनता लाई छिटो र छरितो रुपमा यातायातको सेवा प्रदान गर्न उक्त सडक खण्डको काम अगाडी बढाईएको बताउदै उनले समयमै सडक निमार्ण गर्ने प्रतिबद्धता जाहेर गरे । साथै उनले उक्त सडक निर्माणलाई आफुले उच्च प्राथमिकता दिइएकोल्े तदारुकता साथ सडक निमार्णको कार्य तिब्र गतिमा अगाडी बढाउन सडक निर्माण समिति लाई आग्रह गरे । उक्त सडक खण्ड बाट कुश्मा नगरपालिका वडा नं. ९ र १० तथा फलेवास नगरपालिकाको वडा नं. २ र ३ का सयौँ जनताहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । यस सडक खण्डको कामले यात्रुहरुलाई मात्र फाईदा नभई गाउँमै कृषि व्यवसाय गर्न चाहाने यूवाहरुका लागि कोशेढुंगा सावित हुने स्थानिय युवा समाजसेवी जगत लामिछानेले बताए ।