प्रमुख समाचार

पर्वतको ठुलीपोखरीवाट पक्राउ परेका विप्लब कार्यकर्ता धरौटीमा रिहा

By लोकतन्त्र अनलाईन

April 24, 2019

पर्वत- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् । राजद्रोह मुद्धामा अनुसन्धानका लागि थुनामा रहेका ३५ बर्षिय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।पर्वतको कुश्मा नगरपालिका ८ घर भएका परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलिपोखरीबाट १७ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो । ठूलिपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।पर्वत प्रहरीले परियारलाई विप्लब नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखि सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्धा दर्ता गराएको थियो । जिल्ला अदालत पर्वतका न्यायधिश सुर्यबहादुर थापाको इजालसले उनलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।