प्रमुख समाचार

कुश्माको नारायण माविले यसरी मनायो ६० औँ बार्षिकोत्सव

By लोकतन्त्र अनलाईन

April 24, 2019

पर्वत– सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न भएको छ । गएको शैक्षिक सत्र २०७५ मा विद्यालयले आयोजना गरेका बिभिन्न अतिरिक्त क्रियाकलापहरु, कक्षागत, पुरस्कारहरु वितरण सहित सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाईएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछाने स्थानीय तहहरुले शिक्षा क्षेत्रमा आवश्यक बजेट बिनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । अहिलेका विद्यार्थीहरुहरुमा नैतिक शिक्षाको अभाव देखिएको बताउँदै उहाँले बालबालिकाहरुमा संस्कार सहितको धारणा विकास गर्नको लागि शिक्षक र विद्यालय भन्दा पनि अभिभावक बढी संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । यस्तै, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले अब हरेक बिद्यालयमा कम्प्यूटरमा दक्ष शिक्षकहरुको आवश्यकता रहेको बताउँदै विद्यालयमा कार्यरत शिक्षकहरुले आई.सी.टी.को अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो । नारायण मा.वि. नमूना बिद्यालयको रुपमा छनोटमा परेकोमा बधाई ज्ञापन गर्दै अधिकृत क्षेत्रीले विद्यालयले अहिलेसम्म पनि राम्रो शैक्षिक उपलब्धि हासिल गरेकोमा खुसी ब्यक्त गर्नुभयो । यसलाई निरन्तरता दिन आउँदा दिनमा पनि सबै पक्षलाई उत्तिकै सबल बनाउनुपर्ने उहाँको भनाई छ । यस्तै, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख उद्धिमराज पौडेलले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न विद्यालयले बढी जोड दिनुपर्ने बताउनुभयो । यस अगाडि भएका एस.ई.ई. परीक्षामा बिद्यार्थीहरुले चोर्ने प्रयास गरिरहेको देखीनुले अझै पनि चोरेर पास गर्ने प्रवृत्ति रहेको अनुगमनका क्रममा भेटीएको उहाँको भनाई छ । यसको समाधानका लागि सबै विद्यालयलहरुले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रमबाटै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माले १ लाख १ सय ५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा उत्कृष्ट काम गर्दै आएका शिक्षक, कर्मचारी, चासो दिने अभिभावक र जेहेन्दार विद्यार्थीलाई सोही अक्षयकोषबाट आएको ब्याजले पुरस्कार प्रदान गरिने छ । उक्त अक्षयकोषबाट यस बर्ष भने कर्मचारीद्धय देवी माझी र लालबहादुर के.सी तथा शिक्षकद्धय लक्ष्मी बोगटी र देवी बि.क. पुरस्कृत हुनुभएको छ । यसगैरी, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा मनकामना स्टेशसनरीका संचालक मुक्तिराम शर्माले पनि बाल कक्षामा प्रयोग हुने ठूलो परिमाणका शैक्षिक सामग्री र खेलौनाहरु निशुल्क रुपमा प्रदान गर्नुभयो । विद्यालयका लेखापाल पद्यमलाल गौतमले आर्थिक प्रतिवेदन पेश गर्नुभएको बार्षिकोत्सव कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्यले विद्यालयको समग्र विवरण सहित आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बिभिन्न शीर्षकमा अक्षयकोषदाताहरुले स्थापना गर्नुभएका झण्डै २ लाख भन्दा बढी रकम बराबरका पुरस्कारहरु वितरण गरिएका छन । कार्यक्रममा अभिभावक, बिद्यार्थी, कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीको तर्पmबाट राजवी पौडेल, आविष्कार पौडेल, शर्मिला शर्मा र सम्झना लामिछाने, शिक्षकको तर्पmबाट चिरञ्जीवी लामगादे, पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्मा, शिवालयमा मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरी, गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी र प्रमुख सुवास पन्त, अभिभावक, लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षकहरुको बीचमा आयोजना गरिएको घैँटोफोड प्रतियोगितामा बिजेता बन्नुभएकी प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्य र शिक्षक गोविन्द ढकाललाई पनि सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले नृत्य र गीत सहित साँस्कृतिक प्रस्तुतीहरु दिनुभएको कार्यक्रममा लोकदोहोरी गायक सूदीप क्षेत्रीको विशेष सांगितिक प्रस्तुती रहेको थियो । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षकहरुद्धय गोविन्द पोखरेल र संजय रेग्मीले गर्नुभएको थियो । सामुदायिक विद्यालयबाट पर्वत जिल्लाबाट नमूनाको रुपमा छनोटमा परेको नारायण माध्यमिक विद्यालयमा झण्डै १३ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन । अंग्रेजी र नेपाली दुवै भाषाको माध्यमबाट अध्यापन गराउँदै आएको विद्यालयले हरेक कक्षामा २ ओटा सेक्सनमा बाँडेर कक्षा संचालन गर्दै आएको छ ।