प्रमुख समाचार

विश्व हिन्दु महासंघ पर्वतमा लोकनाथ आचार्य

By लोकतन्त्र अनलाईन

March 24, 2019

पर्वत : विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति पर्वतको साधारण सभा तथा पाचौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।अधिबेसनबाट लोकनाथ आचार्यकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा मानकुमारी गिरी र बेलबहादुर विश्वकर्मा, सचिवमा अच्युत तिवारी, कोषाध्यक्ष कृष्णशर्मा गौडेल, सहसचिव धनेश्वर रेग्मी, रहनुभएको छ । यस्तै सदस्यहरुमा जगत सापकोटा, पबित्रा गिरी, शान्ति आचार्य, सरस्वती भण्डारी, बिपिन गुरुङ, कमलकान्त पौडेल, पृथ्वीनारायण शर्मा, जोगमाया प्रसाईँ, खगेश्वर बस्याल, यूवनाथ गौडेल रेग्मी, तेजराम काप्mले, थानेश्वर तिवारी, र तुलबहादुर क्षेत्री रहनुभएको छ । अधिबेसनको निर्वाचन समितिमा हरिनारायण रेग्मी, कमलनाथ शर्मा र लिलाधर सुवेदी रहनुभएको थियो । कार्यक्रममा बोल्दै विश्वहिन्दू महासंघ नेपालका अध्यक्ष तथा पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारीले आप्mनो धर्मको संरक्षण गर्न उदार मनले लाग्न सकेमा मात्र धर्मको संरक्षण हुने बताउनुभयो । कसैप्रति पनि बैरभाव नराखी आप्mनो धर्मको संरक्षणमा लाग्दा कसैलाई पनि असर नपर्ने उहाँको सुझाव छ ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य लालकाजी गुरुङले धर्मका नाममा बिभिन्न बिकृतिहरु हुने गरेको भन्दै त्यस्ता कुराहरुको अन्त्य गरिनुपर्ने उल्लेख गर्नुभयो । हिन्दु धर्मभित्र पनि कतिपय कुराहरु सुधार गर्नुपर्ने खालका भएकाले ती कुराहरु परिवर्तन गरेमा धर्म अझै प्रेरणादायी हुने उहाँको भनाई छ । हिन्दु धर्ममा अझै पनि छुवाछुत गर्ने प्रचलन रहेकोले त्यसको अन्त्य हुनुपर्ने सांसद गुरुङको धारणा छ । आप्mनो आस्थाको धर्म मान्दै गर्दा अरुले मान्ने धर्मप्रति कसैले पनि दख्खल दिन नुहने पनि उहाँले बताउनुभयो । अर्को प्रसंगमा सांसद गुरुङले वर्तमान कम्युनिनष्ट सरकारले नागरिकलाई हरेक कुरामा बन्देज लगाएको आरोप लगाउँदै यसका बिरुद्धमा सबै जनताले संघर्ष गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै, प्रदेश सभा सदस्य ललितकला गुरुङले धर्मको संरक्षण भएमा मात्र मानवको पहिचान जोगिने बताउनुभयो । हिन्दु धर्ममा पनि नराम्रा कुराहरु भएमा तिनीहरुलाई परिमार्जन गरेर धर्मभित्र असल र सभ्य कुरा राखिनुपर्ने उल्लेख गर्नुभयो । अधिबेसनमा विश्वहिन्दू महासंघका नेपालका केन्द्रिय उपाध्यक्ष बेदनिधि शर्मा, नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, पूर्व सभापति नवराज गुरुङ, निर्वाचन समिति संयोजक हरिनारायण रेग्मी, पौडेल समाज पर्वतका अध्यक्ष द्रोणराज उपाध्याय, गुप्तेश्वर बिराट कोटीहोम महायज्ञका मूल संयोजक पृथ्वीनारायण शर्मा, समाजसेवी भवानीशंकर पौडेल, पैयूँ गाउँपालिका ६ का वडाध्यक्ष थानेश्वर तिवारी, बिश्वहिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर बराल लगायतले पनि आप्mना धारणा राख्नुभएको थियो । विश्वहिन्दू महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अधिबेसनका संयोजक कृष्ण शर्मा गौडेलले गर्नुभएको थियो । कार्यक्रमको संचालन गुप्तेश्वर बिराट कोटीहोम महायज्ञका महासचिव अच्युत तिवारीले गर्नुभएको थियो । अधिबेसनमा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।