सनराईज बैंकको शाखा विस्तार, बैंक तथा बित्तिय संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक

By लोकतन्त्र अनलाईन

February 24, 2019

माधब पराजुली,२०७५/११/१२ पोखरासनराईज बैंक लिमिटेडले पोखराको बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै पोखराको बगर बाट १ सय ३ औँ शाखाको रुपमा आफ्नो कारोबार शुरु गरेको हो ।

सुरक्षित घर कर्जामा बीमा समेत हुने भएकाले यसबाट ऋणीहरुले धेरै फाईदा लिन सकिने सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्रचार्यले बताउनुभयो । उहाँले उत्त बैंक बाट बचत खातामा ३१ प्रतिशत सम्मको फाईदा आममानिसले लिनुपर्ने बताउनुभयो । उहाँले अब बैंकले पर्यटन,उद्योग जस्ता उत्पादनशिल क्षेत्रमा लगानी बढाई काम गर्ने बताउदै सरकारले पनि लगानीमैत्री वातावरण बनाउन सकेमात्रै देश समृद्धशाली बन्ने धारणा राख्नुभयो । सन्राईज बैँक लिमिटेडको १ सय ३ औँ शाखाको शुभारम्ब गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बैंकले ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै सेवा र सुविधा चुस्त,दुरुस्त राख्नुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले बैंकले अब आफ्नो लगानी सुरक्षित राख्दै भौतिक पूर्वाधार,कृषि,पर्यटन जस्ता क्षेत्रहरुमा समेत लगानी बढाई समृद्ध राष्ट्रनिर्माणमा सहयोग गर्नुपर्ने बेला आएको बताउनुभयो । बैंक तथा बित्तिय संस्थाहरुले अब उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने मन्त्री लम्सालको भनाई थियो । उत्पादनशील क्षेत्रमा लगानी बढाउन सकिएन भने मुलुकलाई समृद्ध मुलुक बनाउन नसकिने भएकाले पर्यटन,कृषि र उद्योग जस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने सम्भावना प्रशस्त रहेको मन्त्री लम्सालले उल्लेख गर्नुभयो ।