प्रमुख समाचार

पर्वतको महाशिलामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ता नेकपामा प्रबेश

By लोकतन्त्र अनलाईन

February 24, 2019

पर्वत /पर्वतको महाशिला गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कार्यकर्ताको ठुलो समय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेको छ ।राष्ट्यि प्रजातन्त्र पार्टी महाशिला वडा नं ३ वडा कमिटी अध्यक्ष भद्रबहादुर हमाल सहित बालाकोटका नेपाली कांग्रेस र राप्रपाका ३० जना भन्दा बढी नेता कार्यकर्ताहरु शनिबार नेकपामा प्रबेश गरेका हुन ।नेकपा प्रबेश गर्नेहरुमा नेपाली कांग्रेसका कार्यकर्ताहरु रमाकान्त अधिकारी, यामबहादुर भण्डारी, बिरबहारदुर राना, धनबहादुर सिञ्जाली लगायत रहेको महाशिला गाउँपालिकाका वडा नं ३ का अध्यक्ष कर्णप्रताप गुरुङ्ग(रोशन)ले जानकारी दिए ।नवप्रबेशीहरुलाई नेकपाका नेता तथा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले टिका लगाएर पार्टी प्रबेश गराएका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष पौडेलले नेपालको सम्बृद्धि र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी नेकपा मात्रै भएको बताउँदै सबैको भ्रमको पार्दा च्यातिदै गएपछि नेकपामा अन्य पार्टीका कार्यकर्ताहरुको ओइरो लाग्ने दाबी गरे । उनले अहिले नेपाली कांग्रेस र बिदेशी राजनैतिक शक्तिहरु नेकपाको सरकारले देश र जनताको पक्षमा काम गर्छ भनेर डराएका कारण सरकारका बिरुद्ध अनावश्यक भ्रम फैलाउने र सकारात्मक कामहरुलाई समेत ओझेलमा पार्ने दुस्साहस गरेको पनि बताए । पाँच बर्षभित्र नेपालको मुहार परिर्वतन भएपछि सबैको भ्रमको खेती अन्त्य हुने बिश्वास अध्यक्ष पौडेलको छ ।कार्यक्रममा बोल्दै वडा नं ३ का अध्यक्ष कर्णप्रताप गुरुङ्ग रोशनले वालाकोटमा अब कुनै पनि राजनैतिक शक्तिले टाउको उठाउन नसक्ने अवस्था सृजना भएको दाबी गरे ।युवा संघ नेपाल महाशिलाका अध्यक्ष टिका रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब छबि गैरेले गरेका थिए ।